दक्षिण एसियाली खेलकुद : दशरथ रंगशालामा साँझ पाँच बजे राष्ट्रपतिले उद्घाटन गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर १५, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर १५,काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन आज हुँदैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने उद्घाटन साँझ पाँच बजे हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सागको १३ औं संस्करणको उद्घाटन गर्नुहुनेछ । दक्षिण एसियाली खेलकुदका चार पटकका स्वर्ण पदक विजेता तथा ओलम्पियन दिपक विष्टले ओलम्पिक टर्च बाल्नेछन् ।

तीन घण्टा २४ मिनेट लामो रहने उद्घाटन समारोहमा नेपालको हिमाल, पहाड, तराई, बहुजातीय, भेषभुषाको विविधता झल्किने झाँकीहरु पनि प्रस्तुत हुनेछ ।

उद्घाटन समारोहमा १५ हजारभन्दा बढीको सहभागिता रहनेछ । यस्तै, सहभागि देशका खेलाडीले मार्चपास गर्नेछन् ।

उद्घाटनमा विभिन्न कलाकारहरुले पनि सांगितिक प्रस्तुती दिनेछन् । अञ्जु पन्त, दिपक बज्रचार्यलगायत राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति दिनेछन् ।

उद्घाटनसँगै भलिबलको सेमिफाइनल खेल हुनेछ भने ब्याडमिन्टन, खोखो र करातेको पनि उद्घाटन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस