साग : जसले जितिन् थाेत्रो साइकलले स्वर्ण

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर १७, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौं । बुढ्यौलीले छोएपछि खिइँदै जाने दाँतजस्तै खिइएका छन् साइकलका टायर। १० थोत्रा साइकलका पाटपुर्जा ‘एसेम्बल’ गरेर ४ वटा बनाइएको छ।

त्यही थोत्रो साइकल लिएर सोनी गुरुङले १३औं सागको ट्रायथलनमा स्वर्ण जितिन्। मुलुकको इज्जत राखिन्।

सात वर्ष पुरानो साइकल लिएर सोमबार पोखराका सडक नाप्दा उनलाई बारम्बार टायरकै चिन्ता लाग्यो। तालिम अवधिमा पटकपटक पन्चर भएको टायर भरपर्दाे थिएन। अरू पुराना साइकलका पाटपुर्जा नमिलाई हालिएको थियो।

उनीसँगै ट्रायथलनमा नेपालबाट सहभागी अरू एक महिला र दुई पुरुषको साइकल पनि उस्तै थिए। उनले फेवातालमा ७५० मिटर पौडिइन्। २० किमि साइक्लिङ गरिन् र ५ किमि दौडिइन्। यो दूरी उनले १ घण्टा १३ मिनेट ४५ सेकेन्डमा पूरा गरिन्।

भारत र श्रीलंकाका खेलाडीलाई पछाडि छाडिदिइन्। यो खबर आजको कान्तिपुरमा खबर छ।

‘खेलभरि साइकल पन्चर हुन्छ कि भन्ने मात्रै चिन्ता भयो,’ गुरुङले भनिन्, ‘गतिलो साइकल भएको भए अझै चाँडै सकाउँथे।’

ताजा अपडेट

खोजी गर्नुहोस