माघ १०, काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले टी ट्वान्टी विश्वकप क्रिकेट २०२१ को लागि छनोट प्रकृया तय गरेको छ । टी ट्वान्टी विश्वकप क्रिकेट २०२१ भारतमा हुने तय गरिएको छ । टी ट्वान्टी विश्वकप क्रिकेट २०२० भने अष्ट्रेलियामा आगामी अक्टुबर महिनाको लागि निर्धारण गरिएको छ ।
आईसीसीका अनुसार क्रिकेटको सबैभन्दा सानो स्वरुपको विश्वकप प्रतियोगिताको लागि ११ वटा क्षेत्रीय छनोट स्पर्धा हुनेछन् । आईसीसीले छनोटका लागि पाँच क्षेत्र तोकेकोमा उक्त पाँच क्षेत्रमा ११ वटा स्पर्धा हुनेछन् । अफ्रिका, अमेरिका, एसिया, पूर्वी–एशिया प्रशान्त र यूरोप गरी आठ टोलीले स्पर्धा गर्नेछन् ।