चैत्र ३, दाङ । खुकुरी प्रहारबाट गाउँपालिका अध्यक्षका छोराको हत्या भएको छ । सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीका छोराको खुकुरी प्रहार गरी सोमबार हत्या गरिएको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका ५ निवासी २३ वर्षीय हिरा डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमबार बिहान १ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।
तुलसीपुरका अमृत खडकालगायत ४,५ जना युवाको समूहले डाँगीमाथि सामान्य विवादमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमनाथ योगीले जानकारी दिए । अन्नपूर्ण