चैत्र ५, काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद् राखेपले आगामी साताका लागि निर्धारित अखिल नेपाल फुटबल संघको १९ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । नोबेल कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि एन्फाले बी डिभिजन लिगसहितका सबै खेल, गोष्ठी, सभा स्थगित गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब रमेशकुमार सिलवालको अध्यक्षतामा मङ्गलबार बसेको राखेपको बैठकले एक हप्ताका लागि सबै खेल गतिविधि बन्द गर्ने निर्णय गरेको छ । एन्फा महासचिब इन्द्रमान तुलाधरले एन्फाको १९ औं साधारण सभा पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो । एन्फाको १९ औं वार्षिक साधारणसभा चैत्त १६ गतेका लागि निर्धारण गरिएको थियो ।
एन्फाको साधारणसभामा विश्व फुटबलका सर्वोच्च निकाय९फिफा० र एशियाली फुटबल संघ९एएफसी०का प्रतिनिधि उपस्थित हुन अस्वीकार गरेपछि एन्फाको साधारणसभा तात्कालका लागि स्थगित गरिएको हो । बैठकमा बी डिभिजन लिग, प्रशिक्षण लगायतका खेलकुद गतिविधिबारे छलफल भएको थियो ।