ओलम्पिक सार्न आइओसी र जापानलाई दबाब

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ चैत्र १०, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र १०, काठमाडौं । कोरोना भाइरस कोभिड १९ संक्रमण फैलँदै गएकाले ठप्प रहेको विश्व खेलकुदको अवस्था थप नाजुक बन्दै जाँदा ओलम्पिक सार्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसी र जापानमाथि दबाब थपिएको छ । ओलम्पिक खेलकुद आउँदो जुलाई २४ देखि अगस्ट ९ सम्म जापानमा हुने तय छ । जसमा २ सय ५ भन्दा बढी देशका ११ हजार भन्दा बढी खेलाडी र लाखौँ दर्शक सामेल हुनेछन् ।

यस्तो अप्ठ्यारो परिस्थितिमा ठूलो खेल उत्सव सञ्चालन गर्न नहुने भन्दै दबाब परेपछि आइओसीले ओलम्पिक सार्ने या नसार्ने भन्ने विषयमा निर्णय गर्न चार हप्ताको समय छुट्याएको छ । आइओसी कार्यकारी बोर्डको आइतबार बसेको बैठकले अवस्थाको आँकलन गर्दै चार हप्तामा निर्णय गर्न समय सीमा तोकेको हो । यसअघि भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले तोकिएकै मितिमा खेल सञ्चालन गर्न सकिने बारे कुराकानी गरिरहेको थियो। तर विभिन्न देशका खेल संघहरुले त्यसको विरोध गरिरहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस