टोकियो ओलम्पिक स्थगित, अब २०२१ मा हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ चैत्र ११, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र ११, काठमाण्डौ । खेलहरुको महाकुम्भ टोकियो ओलम्पिक २०२० स्थगित गरिएको छ । अब यो महाकुम्भ सन् २०२१ मा हुने भएको छ । तर, यसको औपचारिक घोषणा भइसकेको छैन । औपचारिक घोषणा नभए पनि ओलम्पिक समितिका सदस्य डिक पाउन्डले यो जानकारी दिएका छन् । अमेरिकी पत्रिका युएस टुडेलाई उनले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण सन् २०२० को टोकियो ओलम्पिक एक वर्षका लागि स्थागित गरिएको हो ।

पछिल्लो समय विभिन्न देशले आफ्ना टिमहरु ओलम्पिकमा नपठाउने बताएका थिए । त्यही आधारमा पनि यसलाई स्थगित गरिएका हो । बेलायत, अष्ट्रेलिया, क्यानडाले अहिले टोकियोमा खेल भए आफूहरु प्रतिस्पर्धा नगर्ने बताएका थिए । ‘ओलम्पिक कमिटीले दिएको जानकारीअनुसार यो स्थगित भएको छ,’ पाउन्डले अन्तर्वार्तामा भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस