च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चितकालका लागि स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ चैत्र २०, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । कोरोना भाइरसको प्रकोपका कारण यूईएफएले च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अनिश्चितकालका लागि स्थगित गरेको छ । आउँदो जुन महिनामा आयोजना गर्ने तयारी गरिए पनि अहिले कोरोनाको महामारी बढ्दो अवस्था रहेको भन्दै यूईएफएले अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।

युरो २०२० को प्लेअफ म्याचलाई २०२१ मा सारिएको छ भने महिला युरो २०२१ को क्वालिफाइङ म्याच पनि स्थगित भएको छ । बुधबारको बैठकपछि युईएफएले यो निर्णय गरेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस