चैत्र २७, काठमाडौ । सारा विश्व नै अहिले कोरोना भाइरस कोभिड-१९ ले प्रभावित छ । विश्व खेलकुद गतिविधि पनि यसको मारमा परेको छ ।
त्यसैले क्रिकेटको वरीयतामा पनि खासै फेरबदल छैन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको ओडीआई र टि-२० वरीयतामा नेपाल यथावत रहेको छ ।
आईसीसीले ७ अप्रिलमा सार्वजनिक गरेको टि-२० वरीयतामा नेपाल १५औं स्थान यथावत रहेको छ । टि-२० वरीयतामा नेपालको २७ खेलबाट ४ हजार ९९७ अंकसहित १५ रेटिङ छ । एसोसिएटतर्फ टि-२० वरीयतामा स्कटल्याण्ड र युएई मात्र नेपाल भन्दा अघि छ ।
पाकिस्तान टि-२० को वरियतामा शीर्ष स्थानमा रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।