चैत्र २८, काठमाण्डौ । स्कटल्याण्डले फुटबल गतिविधि आगामी जुन दोस्रो सातासम्मको लागि स्थगित गरेको छ । कोरोना भाइरसको महामारीको कारण स्कटल्याण्डमा आगामी जुन १० सम्म फुटबल गतिविधि स्थगित गरिएको हो । यसअघि स्कटल्याण्डले अप्रिल ३० सम्म फुटबलका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो ।
तर, कोरोना भाइरसको महामारी नियन्त्रण भन्दा बाहिर जान थालेपछि प्रतियोगिता पुनः पछि धकेलिएको बीबीसीले जनाएको छ । कोरोनाको कारण मार्च १३ बाट स्कटल्याण्डमा फुटबल गतिविधि बन्द भएका हुन् । स्कटिस फुटबलका अध्यक्ष रोड पेट्रीले यस कदमले क्लब, खेलाडी, कर्मचारी र समर्थकको सुरक्षामा सहयोग पुग्ने बताएका छन् ।