टोकियो ओलम्पिक अर्को वर्ष पनि अनिश्चित !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ चैत्र ३०, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र ३०, काठमाण्डौ । जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धा्रित समयभन्दा एक वर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ । टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को वर्ष पनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताएका हुन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतियोगिता अनिश्चित नै रहेको उनको तर्क छ ।

यसै वर्ष सन् २०२० मा हुने तय भएको प्रतियोगिता कोरोना भाइरसको सङ्क्रमणकै कारण ठिक एक वर्ष पछाडी सारेर अर्को वर्ष सन् २०२१ को जुलाई २३ देखि गर्ने निर्णय भइसकेको छ । तथापि, प्रमुख कार्यकारी अधिकृत मुटोले प्रतियोगिता अझ धेरै दिन पछाडि सर्नसक्ने सम्भावना उत्तिकै रहेको शुक्रबार (१० अप्रिल) बताए । जापानमा प्रधानमन्त्री सिन्जे आवेले यसै हप्तादेखि लागु हुनेगरी केही ठाउँका लागि सङ्कटकालको समेत घोषणा गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस