वैशाख ७, काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजन पूरा नभएमा टिमहरु रेलिगेशन गर्न मिल्ने आधार आफूले नदेखेको ब्राइटनका मालिक टोनी ब्लूमले बताएका छन् ।
प्रिमियर लिगका २० क्लबबिच शुक्रबार बैठक भएको थियो । उनीहरुले जसरी भए पनि लिगका बाँकी सबै ९२ खेल पूरा गर्ने विकल्पमा छलफल गरेका थिए । तर पनि महामारी जारी नै रहेकाले अनिश्चितता कायमै छ ।