वैशाख ७, काठमाण्डौ । फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजमनले बार्सिलोना छाड्ने योजनामा नरहेको बताइएको छ । नयाँ सिजनका लागि नेयमार र लाउटारो मार्टिनेजलाई भित्राएका खण्डमा उनीहरुसँग टोलीमा ठाँउ बनाउनका लागि प्रतिस्पर्धा गर्न ग्रिजमन तयार रहने बताइएको छ ।
टोलीको अग्रपक्तिमा आफुलाई प्रमाणित गर्न पनि उनले बार्सिलोना छाड्न नचाहेको अनुमान गरिएको छ । यद्यपी उनले यो सिजन सोचे अनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । ग्रिजमनले बार्सिलोनाका लागि अहिले सम्म १४ गोल गरेका छन् । त्यसमध्ये केहि गोल भने टोलीका लागि अति नै महत्त्वपूर्ण रहेका छन् ।
त्यसका बाबजुद उनले लियोन मेस्सीसँगको साझेदारी विकास गरिरहेका छन् । उनले अर्को सिजन क्लबको अपेक्षा अनुसार प्रदर्शन गर्ने विश्वास लिएका छन् । मेस्सी, लुइस स्वारेज, ग्रिजमन, ओसमाने डेम्बेले, मार्टिन ब्रेथवाइटे र अन्सु फाती अहिले बार्सिलोनाको अग्रपंक्ति सम्हालिरहेका छन् ।