वैशाख ८, काठमाण्डौ । इङलिस प्रिमियर लिग च्याम्पियन म्यनचेस्टर सिटीले पेरुका १६ वर्षे रक्षक क्लुभर्थ एग्विलरलाई एलियान्जा लिमाबाट भित्रयाउने सहमति गरेको छ ।
एग्विलर २०२१ को मे महिनामा १८ वर्ष नपुगेसम्म वर्तमान क्लबमै रहनेछन्। १८ वर्ष नपुगेसम्म बेलायती कानुनअनुसार श्रम इजाजत नपाउने कारण अहिले सहमति भए पनि २०२१ मे पछिमात्र उनलाई इत्तिहाद रंगशाला ल्याइने सिटीका अधिकारीहरुले बताएका छन् । राइट ब्याक पोजिसनका एग्विलरको सरुवालाई एलियान्जाले भने पछिल्ला वर्षहरुमा पेरुबाट युरोप सरुवा भएकामध्येको महत्वपूर्ण सरुवाका रुपमा चित्रण गरेको छ ।