प्रिमियर लिग फुटबल पुनः सुचारु गर्ने तयारी तीव्र

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ बैशाख १६, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख १६, काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु पुनः सुरु गर्ने प्रयासले अब गति लिने भएको छ । ‘प्रोजेक्ट रिस्टार्ट’ नाम दिएर प्रिमियर लिग सुचारु गर्ने प्रयासले यो हप्ता गति लिने भएको हो । आर्सनल, ब्राइटन र वेष्ट ह्यामले आफ्ना प्रशिक्षण मैदान खुला गरेका छन्, जहाँ खेलाडीले सोमबारदेखि व्यक्तिगत प्रशिक्षण सुरु गरेका छन् । लिगका खेलहरु आउँदो जुन ८ देखि सुरु हुने अपेक्षा गरेको छ ।

जुलाईको अन्त्यसम्ममा लिग सक्ने तयारी रहेको छ । यसका लागि पूर्ण तहको प्रशिक्षण मे १८ देखि सुरु हुनु पर्छ । प्रिमियर लिग क्लबहरुबिच आउँदो शुक्रबार भावी रणनीतिबारे छलफल हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस