वैशाख १७, काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण हाल विश्व खेलकुद जगत स्थगित भएको छ । यस्तो अवस्थामा नेपालमा पनि कुनै खाले खेलकुद प्रतियोगिताहरु भएका छैनन् । नेपालमा आयोजना हुने भनिएका फुटबल खेलहरु पनि स्थगित भएका छन् । यस्तो अवस्थामा फुटबल खेलाडी तथा खेलकर्मीलाई सहयोग गर्न अखिल नेपाल फुटबल एन्फाले एक समिति गठन गरेको छ ।
एन्फाले खेलाडी, रेफ्री, प्रशिक्षक लगायत अन्य खेल कर्मिलाई सहयोग गर्ने अपेक्षाका साथ राहत तथा सहयोग समन्वय समिति गठन गरेको छ । रत्नकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । जसमा उत्तमकुमार भण्डारी र रुपेश अधिकारी सदस्य छन् । समितिलाई खेलाडी, रेफ्री, प्रशिक्षकलगायत अन्य खेलकर्मीलाई पाँच दिनभित्र पत्र पठाउन अनुरोध गरेको छ । जसमा समितिले संकट अवस्थामा भएको व्यक्ति पहिचान गर्नेछ ।