सन्तोष सुवेदी
वैशाख २२, वेनिघाट । धादिङको बेनीघाट रोराङमा बन्न लागेको क्रिकेट रंगशाला निमार्णले गति लिएको छ । खेलकुद क्षेत्रलाई बिश्वस्तरसम्म पुराउने अभिप्रायले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ बाहुनटारमा १५ करोड डिपिआर रहेको क्रिकेट रंगशाला निर्माण हुन लागेको हो । संघीय सरकार तथा बेनिघाट रोराङ गाउँपालिकाको साझेदारीमा रंगशाला निर्माणका लागी यस वर्ष रु. ५० लाख विनियोजन भएको क्रिकेट अभियान्ता, बेनिघाट रोराङ ५ का खेलकुद संयोजक तथा निर्माण समितीका अनुगमन सदस्य दिपेश कँडेलले बताएका छन् । गत सोमबार कृष्णराम कँडेलको अध्यक्षतामा निर्मार्ण उपभोक्ता समिति गठनसँगै काम तिब्र रुपमा अगाडी बढेको र रंगशाला निर्माणमा आबश्यक सामाग्रीको कोटेशन माग गरिएको कँडेलले अनलाईनकेन्द्रलाई बताए ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी हरि ले संघिय सरकार तथा गाउँपालिकाको समग्र प्रयासमा रंगशाला निर्माण हुन लागेको बताएका छन् । उनले शुक्रबार रंगशालाको लागी बाटो निर्माण भएको र अब रंगशालाको काम अगाडी बढाईने बताए । केहि दिनदेखि पानी परिरहेकोले अहिले केहि दिन काम रोकिए पनि तिब्र रुपमा काम भईरहेको अध्यक्ष डल्लाकोटीले बताएका छन् ।
क्रिकेट रंगशाला जाने बाटो बनाईँदै*
धादिङकै गौरवको कुरा भन्नुपर्छ हामीले यति ठुलो क्रिकेट रंगशाला निर्माण गर्न लागेका छौँ, अध्यक्ष डल्लाकोटीले भने बेनिघाट रोराङ गाउँपालिकालाई धादिङकै नमुना बनाएर देखाउने प्रयास गरिरहेका छौँ । उनले थपे रंगशाला निर्माणका लागी बजेट अभाव भएपनि गाउँपालिकाले प्रदेश तथा संघिय सरकारसँग पहल गरेर निर्माणलाई अगाडी बढाउने प्रयत्नमा छौँ । कुनै समय राजनीतिले ग्रसित बनाएको बेनिघाट रोराङ अहिले क्रिकेटका कारण केही समय यता सबै नजिक र आत्मीय भएको देखिएको छ । अहिले बेनिघाट रोराङ गाउँपालिका क्रिकेटमय बनेको छ । सानो उमेरको बच्चा देखि बुद्धहरुमा क्रीकेट प्रतिको मोह र चासो बढ्दै गर्दा सम्पुर्ण सरोकारवालादेखि क्रिकेट संघको ध्यान खिच्नुका साथै धादिङ क्रीकेट संघ गठन प्रक्रिया अगाडि बढ्दै गएको छ । क्षेत्रीय स्तरको क्रिकेट रंगशाला निर्माण हुनेभए संगै धादिङका युवा खेलाडीहरु हर्सित भइ अवसरको पर्खाइमा रहेका छन् । २०७६ सालमा धादिङ जिल्लाले खेल क्षेत्रमा धेरै सफलताहरु हात पार्न सफल भएको छ । १३औँ साग लगायत अरु बिभिन्न प्रतियोगिताहरुमा धादिङ जिल्लाको सहभागीता र विजयले धादिङ जिल्ला खेल क्षेत्रमा पनि अब्बल छ भन्ने सुखद् सन्देश देशभर दिन सफल भएको छ ।
क्रिकेट रंगशाला बन्ने स्थान*
जिल्लामै पहिलो पटक आयोजना भएको अन्तर माध्यमिक बिद्यालयस्तरीय टि-२० क्रीकेट प्रतियोगिता, टि-१० प्रतियोगिता, यु-१६ टि-१० क्रिकेट प्रतियोगिताहरु आयोजना गर्नुका साथै फुटबल, तेक्वान्दो, लगायत अन्य खेलमा पनि उपलब्धिहरु हासिल गर्न सफल भएको थियो । धादिङको बेनिघाट रोराङ गाउँपालिका राजधानी काठमाडौं नजिकै भएपनि अहिलेसम्म जिल्ला क्रिकेट संघ गठन भएको छैन । तर स्थानीय क्रिकेट अभियान्ताहरुकै पहल र खेलाडीको रुचिका कारण पनि जिल्लामा क्रिकेट गतिविधि भने बढिरहेको छ । विद्यालयको वार्षिक कार्यक्रमहरुमा समेत क्रिकेट खेल समावेश गरिन थालिएको छ ।
क्रिकेट रंगशाला यस्तो बन्ने छ*
रंगशाला निर्माणको डिपिआर बजेट करिब १५ करोड रहेको छ, कँडेलले भने ‘अब बजेट के कसरी आउँछ त्यसमा पनि भर पछर्, उनले थपे मैदानको निर्माणपछि धादिङको क्रिकेटले अझैं फड्को मार्ने छ । राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी धादिङबाट उत्पादन हुने छ । अर्कोतर्फ धादिङ जिल्ला क्रिकेट संघ गठन प्रक्रियामा छौं ।,’ रंगशाला निर्माणका लागी सबैबाट साथ तथा सहयोगको खाँचो भएको समेत कँडेलको भनाई छ ।