वैशख २६, काठमाण्डौ । साग सम्पन्न भएको १ सय ५० दिन नाघिसक्दा पनि हिसाब भने सार्वजनिक भएको छैन । सागको आयोजनाका कार्यकारी प्रमुख राष्ट्रिय खेकलुद परिषद् राखेप का सदस्य सचिव रमेशकुमार सिलवालले ९० दिन भित्र सागको हिसाब सार्वजनिक गर्ने घोषणा गरेका थिए । साग २०७६ मंसिर १५ देखि २४ गते सम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो । सदस्य सचिव सिलवालले हिसाब सार्वजनिक गर्ने भनेको भन्दा ६० दिन नाघिसकेको छ । सार्वजनिक हुन अझै केहि समय कुर्नुपर्ने भएको छ ।
‘खर्च विवरण सबै प्राप्त भइसकेको छ । हिसाब किताब लगभग टुंगिएको छ ,’ सदस्य सचिव सिलवालले भने, ‘वैशाख मसान्त भित्र सार्वजनिक गर्ने वा पछिल्लो लकडाउन जेठ ५ गते पछि सार्वजनिक गर्ने विषयमा हामी छलफल गरिरहेका छौं ।’ सिलवालले पत्रकार सम्मेलनमार्फत हिसाब सार्वजनिक गर्ने सोच रहेको सुनाए । उनले सागमा कुन शीर्षकमा कति खर्च भएको भन्ने सबै हिसाब सार्वजनिक गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।