स्पेनिस ला लिगा जुन १२ देखि सुरु हुने सम्भावना

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ बैशाख २९, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

वैशाख २९, काठमाडौँ । अध्यक्ष जाभियर टेबासले स्पेनिस ला लिगा आगामी जुन महिनाको १२ तारेखदेखि सुरु हुनसक्ने बताए । लिगा सुरु हुनुअघि प्रत्येक खेलाडी र अधिकारीहरूको परीक्षण गरिने उनले बताए । लिगले खेलाडी र म्याच अधिकारीको परीक्षणपछि बन्द रङ्गशालामा खेल सुरु गर्ने जनाएको छ ।

आइतबार स्पेनको शीर्ष दुई डिभिजनका पाँच खेलाडीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जनाएको थियो । उनीहरू पाँचैजनालाई आइसोलेशनमा राखिएको छ । लगातार दुईपटकको परीक्षणमा सङ्क्रमण नरहेको पुष्टि भएपछि मात्रै पाँचैजनालाई प्रशिक्षणमा ल्याइने टेबासले बताउनुभयो । गत सातादेखि ला लिगाले आफ्ना खेलाडीमा परीक्षण सुरु गरेको हो । लिगको क्रममा सङ्क्रमण शून्य हुनुपर्ने बताउदै टेबासले प्रत्येक खेलाडीलाई परीक्षणपछि मात्रै मैदानमा उतारिने योजनाबारे बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस