जेठ ४, काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण रोकिएको जर्मन बुण्डेस लिगा फुटबल पुनः सुरु भएको छ । झण्डै १० हप्ताको कोरोना ब्रेकपछि बुण्डेस लिगाका खेलहरु शनिबार रातिदेखि सुरु भएका हुन् ।
कोरोना भाइरसको महामारी कमजोर हुँदै गएपछि पुनः सुरु हुने प्रमुख लिग बनेको छ जर्मन बुण्डेस लिगा । बन्द रंगशालामा भएको खेलमा बोरुसिया डर्टमुण्डले एफसी शाल्केलाई ४–० ले पराजित गरेको छ । बोरुसियाको जितमा राफायल गेहेइरोले दुई तथा आर्लिङ ब्राउट होल्याण्ड र थोर्गन हजार्डले एक–एक गोल गरे ।