प्रिमियर लिग क्लबका खेलाडीहरुले सानो समूहमा प्रशिक्षण गर्न पाउने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ जेष्ठ ६, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ ६, काठमाण्डौ । इंग्लिस प्रिमियर लिगका क्लबहरु सानो समूहमा खेलाडीहरुको प्रशिक्षण सुरु गर्नेमा सहमत भएका छन् । तर समूहमा रहने खेलाडीबिच सम्पर्क भने हुन पाउने छैन । सम्पर्क बिनै सामाजिक दूरी कायम गरी पाँच खेलाडीसम्मको समूह बनाएर प्रशिक्षण सुरु गर्ने पक्षमा क्लबहरु देखिएका हुन् । मंगलबारदेखि क्लबहरुले सानो समूहमा प्रशिक्षण थाल्ने छन् । अहिलेसम्म खेलाडीले व्यक्तिगत रुपमा प्रशिक्षण गर्दै आएका छन् ।

सोमबार २० क्लबबिच भएको बैठकमा यस्तो सहमति बनेको हो । आउँदो जुन १२ देखि खेल सुरु गर्ने तयारी थियो । तर सो भन्दा पछि सर्ने सम्भावना रहेको छ । लिगका ९२ खेल हुन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस