नुवाकोट बेलकोटगढी नगरपालिका–३ काँल्लेमा खेलकुद मैदान निर्माण सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ जेष्ठ ७, बुधबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

सन्तोष सुवेदी

जेठ ७, एक्लेगाउँ । नुवाकोट वेलकोटगढी नगरपालिका वडा नम्बर ३ एक्लेगाउँ काँल्लेमा खेलकुद मैदान निर्माण सुरु भएको छ । नगरपालिकाको समन्वय तथा वडा नम्बर ३ को बजेटमा खेलकुद मैदान निर्माण भईरहेको सालपिप्ले खेलकुद मैदान निर्माण समिती अध्यक्ष हेमराज अधिकारी (हरि बाजे)ले जानकारी दिएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ मा बन्न लागेको खेलकुद मैदान निर्माणले बुधबारबाट गति लिएको छ । खेलकुद क्षेत्रलाई बिश्वस्तरसम्म पुराउने अभिप्रायले नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ३ काँल्ले भन्ज्याङ्मा २ लाख बजेटको खेलकुद मैदान निर्माण हुन लागेको हो ।

वडा नम्बर ३ तथा बेलकोटगढी नगरपालिकाको समग्र प्रयासमा मैदान निर्माण हुन लागेको वडा अध्यक्ष जनक घिमिरेले बताए । उनले बुधबारबाट खेलकुद मैदानको लागी काम अगाडी बढेको समेत उल्लेख गरेका छन् । खेलकुद मैदान निर्माणका लागी सबैबाट साथ तथा सहयोगको खाँचो भएको सालपिप्ले खेलकुद मैदान निर्माण समिती सचिव सुदिप रिमालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस