जेठ ९, काठमाण्डौ । स्पेनिस ला लिगा १२ जुनदेखि शुरु हुने भएको छ । सेभिया र रियल बेटिसबीच ला लिगाको पहिलो खेल हुने स्पेनिस ला लिगा आयोजकले जनाएको छ । ला लिगा आयोजकले यसबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि २८ मेमा बस्ने बैठकले निर्णय गर्नेछ ।
बैठकले सिजनको बाँकी रहेको खेलको तालिका तथा अर्को सिजनको खेलको मिति घोषणा गर्न सक्नेछ । सेभियाका खेलकुद निर्देशक मोन्चीले स्पेनमा फुटबल फिर्ताको लागि उत्सुक रहेको र सेभिया र रियल बेटिसबीचको डर्वी खेल शानदार हुने बताएका छन् ।