श्रीलंकामा आउदो महिनाबाट क्रिकेट सुरू हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ जेष्ठ १०, शनिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ १०, काठमाण्डौ । श्रीलंकामा आउदो जुन महिनाबाट क्रिकेट सुरू गर्ने तयारी भएको छ । कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण खेल गतिविधी बन्द गरिएकोमा श्रीलंकामा आउदो जुनदेखि भने क्रिकेट सुचारु गर्ने त्यहाँको क्रिकेट बोर्डले तयारी गरेको छ ।

श्रीलंकाका प्रशिक्षक मिक्की आर्थरले जुन महिनाबाट श्रीलंकाको क्रिकेट टिमले अभ्यास सुरु गर्न लागेको जानकारी दिएका छन् । प्रशिक्षक आर्थरका अनुसार श्रीलंका सरकार र स्वास्थ्य मन्त्रालयले समेत अभ्यास सुचारु गर्न अनुमति दिएको छ । सुरुमा २ फास्ट बलरबाट अभ्यास सुरु गर्ने र क्रमिकरूपमा टिमका सबै जनालाई जुन २० सम्म अभ्यासमा सहभागी गराउने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस