नेपाल सुपर लिग एनएसएलको विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख १०, शुक्रबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएलको विजेताले नगद ३५ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिताको अघिल्लो दिन शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशी घोषणा गरेको हो । उपविजेताले भने १५ लाख रुपैयाँ पाउने । यस्तै उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले १-१ लाख रुपैयाँ प्राप्त गर्ने एनएसएलका निर्देशक श्रेयांश कार्कीले बताए ।

यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक जना राइजिङ खेलाडीलाई पनि पुरस्कृत गर्ने उनले बताए । तर त्यसको रकम भने खुलाइएको छैन ।

यस बाहेक हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउनेछन् । यस्तै हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक जना इमर्जिङ खेलाडीले पनि १० हजार रुपैयाँ प्राप्त गर्ने कार्कीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस