बैशाख ११, काठमाण्डौ । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा पन्जाब किङ्सले साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । शुक्रवार राति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले पराजित गरेको छ । यससँगै पन्जाबले लिगमा दोस्रो जित निकालेको छ ।
पन्जाबले ५ खेलमा ४ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौं स्थानमा रहेको छ । मुम्बईको यो तेस्रो हार हो । मुम्बईले पनि ५ खेलमा ४ अंक जोडेको छ । मुम्बई तालिकाको चौंथो स्थानमा रहेको छ ।