बैशाख १३, काठमाडौ । आईपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो हार व्यहोरेको छ । मुम्बईमा आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर चेन्नइ सुपर किंग्ससँग ६९ रनले पराजित भएको हो । जारी सिजन चौंथो जित निकालेको चेन्नइ तालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ । जितसँगै शीर्ष स्थानमा पुगेको चेन्नइको ५ खेलमा ८ अंक छ । ५ खेलमा समान ८ अंक जोडेर पनि बैंगलोर रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ ।