आईपीएल सट्टेबाजीको आरोपमा उपत्यकाबाट ११ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख १३, सोमबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

वैशाख १३ काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले भने, ‘पक्राउ परेकाहरुमध्येलाई छानेर ११ जनालाई मुद्दा चलाउने तयारी गरेका छौं ।’

उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएका बिभिन्न खेलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस