बैशाख १४, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले दोस्रो जित निकालेको छ । अहमदाबादमा सोमबार राति पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।
जितसँगै कोलकत्ताले पाँचौं स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ । पन्जाबको ६ खेलमा ४ अंक छ । पन्जाब छैटौं स्थानमा रहेको छ ।