बैशाख १७, काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एफ रोमामाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले रोमालाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा म्यानचेस्टर युनाइटेको यो जितपछि युरोपा लिगको सेमिफाइनल नजिक पुगेको छ । अब सेमिफाइनलको दोस्रो लिग मे ७ मा रोमाको घरेलु मैदानमा हुने छ । त्यस्तै गएराती भएकै अर्को सेमिफाइनलको पहिलो लिगमा स्पेनिस क्लब भिल्ला रियलले आर्सनललाई २(१ गोल अन्तरले पराजित गरेको छ ।