आइसीसीको एकदिवसीय वरीयतामा नेपालको एक स्थान सुधार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख २०, सोमबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

बैशाख २०, काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । एकदिवसीय वरीयतामा नेपाल १६ औँ स्थानमा छ । यसअघि नेपाल १७ औँ स्थानमा रहेको थियो ।

आईसीसीले सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ । यस्तै नेपालले टी–ट्वान्टी वरीयतामा समेत सुधार गरेको छ । नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १३ औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४ औँ स्थानमा रहेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस