बैशाख २३, काठमाण्डौ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सम्पन्न खेलमा चेल्सीले रियल मड्रिडमाथि जित निकालेको छ । स्टाम्फोर्ड ब्रिजमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस प्रतिद्वन्दी रियल मड्रिडलाई २-० ले हराउँदै घरेलु टोली चेल्सीले फाइनलमा स्थान सुरक्षित गरेको हो । यसअघि मड्रिडमा सम्पन्न खेलमा १- १ को बराबरी खेलेको चेल्सीले समग्रमा ३-१ ले गोल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
यो सँगै चेल्सीले २९ मे मा इस्तानबुलमा हुने फाइनल खेलमा अर्को इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले फ्रेन्च क्लब पीएसजीलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।