म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख २४, शुक्रबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाण्डौ । म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको फाइनलमा पुगेको छ । आज बिहान सकिएको खेलमा इटलीको रोमासँग ३-२ गोलले हारे पनि समग्रमा ८-५ गोलको नतिजासहित युनाइटेड फाइनलमा पुगेको हो ।

गएराति नै भएको अर्को खेलमा आर्सनलसँग बराबरी खेल्दै भिलारियल पनि इतिहासमै पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको छ । गएरातिको खेल गोलरहित बराबरीमा सकिए पनि पहिलो लेगको २-० को नतिजाका आधारमा स्पेनिस क्लब भिल्लारियल फाइनलमा पुगेको हो । युनाइटेड र भिल्लारियलबीचको फाइनल खेल मे २७ तारिखमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस