ईपीएलको खेल तालिका सार्वजनिक , कुन टिमले कहिले खेल्नेछ ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ भाद्र २३, बुधबार (३ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

भाद्र २३,काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को खेल तालिका सार्वजनिक भएको छ । आयोजकले बुधबार सार्वजनिक गरेको तालिका अनुसार साविक विजेता ललितपुर प्याट्रिओट्सले उद्घाटन खेलमा काठमाडौं किंग्स ११ सँग प्रतिस्पर्धा गर्नेछ

आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सिंगल राउण्ड रोविन लिगमा १५ खेल हुनेछ । त्यसपछि शीर्ष चार टोली क्वालिफायरमा प्रवेश गर्नेछन् । क्वालिफायरमा फाइनलसहित चार खेल हुनेछ ।

१९ खेलपछि ईपीएलले च्याम्पियन पाउनेछ । च्याम्पियन टीमले नगद ५० लाख प्राप्त गर्नेछन् ।

लिगमा ललितपुर र काठमाडौंसँगै विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस