चेल्सी इपीएल कपको अन्तिम १६ मा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन ७, बिहिबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असोज ७, एजेन्सी । इपीएल कप फुटबलमा चेल्सी अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति एस्टन भिल्लालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सी अन्तिम १६ मा पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो । जसमा चेल्सीका रिस जेम्सले विजयी गोल गरेका थिए । पेनाल्टी सुटआउट चेल्सी ४–३ ले विजयी बन्यो ।

खेलमा अग्रता चेल्सीले ५४ औं मिनेटमा टिमो वार्नरको गोलबाट लिएको थियो । जेम्सको पासलाई सदुपयोग गर्दै वार्नरले घरेलु टोलीलाई अघि बढाएका थिए ।

एस्टन भिल्लाले ६४ औं मिनेटमा बराबरी गोल फर्काए । क्यामरुन आर्चरले पाहुना टोलीका लागि बराबरी गोल गरेका थिए । चेल्सीले अन्तिम १६ को खेलमा साउथह्याम्टनलाई आतिथ्यता प्रदान गर्नेछ ।

बुधबारको नतिजाले च्याम्पियन्स लिग विजेता टोली अपराजित छ । उसले ५ खेलमा १३ अंक जोडेर प्रिमियर लिगमा समेत अग्रतालाई कायमै राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस