ईपीएल: काठमाडौँ र विराटनगरको खेल स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ आश्विन ११, सोमबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज ११, काठमाडौं । राजधानीमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ ।

निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो । आइतबार भएको भारी वर्षाका कारण आउटफिल्ड भिजेकाले काठमाडौँ र विराटनगरबीचको खेल टस समेत नभई स्थगन भएको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ लगातार दोस्रो जितको योजनामा रहेको थियो । काठमाडौँले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियोट्सलाई पराजित गरेको थियो । यो खेल काठमाडौँका शाहिद अफ्रिदीको अन्तिम रहेको थियो । उनी दुई खेलका लागि काठमाडौँ आएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस