अफ्रीका कपः सेनेगल क्वाटरफाइनलमा प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ १२, बुधबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ १२, एजेन्सी । सेनेगल अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा केप भर्डेलाई २(० गोल अन्तरले हराउँदै सेनेगल क्वाटरफाइनलमा पुगेको हो ।

सेनेगललाई जित दिलाउन साडियो माने र बाम्बा डीइङले एक एक गोल गरे । खेलको ६३ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २-० को जित दिलाए ।

यस्तै खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो । भर्डेका प्याट्रिक र भोजिन्हाले रातो कार्ड पाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस