वैशाख २४, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई डकवर्थ लेविस ९डीएल० पद्धतिअनुसार ३ विकेटले हराएर गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति वर्षाले प्रभावित बनेको खेलमा मुम्बईले दिएको १५५ रनको लक्ष्य पछ्याएको गुजरातले १८ ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाउँदा वर्षा भएपछि खेल १९ ओभरमा झारिएको थियो ।
वर्षाका कारण प्रभावित खेलमा गुजरातले १९ ओभरमा १४७ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएकोमा उसले १९ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । गुजरातको जितमा कप्तान शुभमन गिलले ४३ रन, जस बटलरले ३० रन तथा शेरफन रुथरफोर्डले २८ रन बनाए ।
मुम्बईका ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र अश्वानी कुमारले समान दुई विकेट लिए । दीपक चहरले एक विकेट लिए ।
त्यसअघि, मुम्बईका विल ज्याक्सले सर्वाधिक ५३ रन, सूर्यकुमार यादवले ३५ र कोर्बिन बोस्कले २७ रन बनाए । मुम्बईविरुद्ध साई किशोरले दुई विकेट लिए । मोहम्मद सिराज, अर्शद खान, प्रशिद्ध कृष्णा, राशिद खान र गेराल्ड कोएट्जेले समान एक विकेट लिए ।
जितसँगै ११ खेलबाट १६ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १२ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा छ ।
आईपीएलमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् ।