नेपाल र वेस्ट इन्डिजबिच ऐतिहासिक टी-२०आई शृंखला हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २९, बिहिबार (१ दिन अघि)
  • ८८ पटक पढिएको
नेपाल र वेस्ट इन्डिजबिच ऐतिहासिक टी-२०आई शृंखला हुने

जेठ २९, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र वेस्ट इन्डिजको क्रिकेट टिमबिच ऐतिहासिक अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिजको घोषणा गरेको हो ।

खेल आगामी सेप्टेम्बर २७ २८ र ३० सेप्टेम्बर (असोज ११, १२ र १४) मा यूएईको शारजाहमा टी-२० शृंखला हुने क्यानले जनाएको छ । क्यानले वार्षिक क्यालेन्डरमा नै सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग टी-२०आई शृंखला खेल्ने कुरा समावेश गरेको थियो ।

नेपालले पहिलोपटक वेस्ट इन्डिजको सिनियर टिमसँग खेल्न लागेको हो । यसअघि वेस्ट इन्डिजको ए टिमसँग खेलेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस