फागुन ३०, काठमाडौँ । फेसबुक र यसको स्वामित्वमा रहेका मेसेन्जर र इन्स्टाग्रामको वेबसाइट र एपमा विश्वका विभिन्न देशमा समस्या देखिएको छ।
डेलीमेलका अनुसार कुनै कुनै ठाउँमा यी तीन सेवा पूरै बन्द भएका थिए।
अमेरिका, युरोप र दक्षिण अमेरिकाका केही भागका मुख्य सहरी क्षेत्रमा यी तीन सेवाका एप क्र्यास भएका थिए।
नेपालमा पनि वेबसाइट र एपहरुमा केही प्रयोगकर्ताहरुले समस्या भोगेका थिए।
अर्को सामाजिक सञ्जाल ट्विटरमा फेसबुक डाउन भएको बारे धेरै प्रयोगकर्ताहरुले लेखेका छन्।
यो समाचार तयार पार्दासम्म फेसबुकले समस्या किन भएको हो भन्नेबारे केही बताएको छैन। तर समस्या भएको भने ट्विटरमा स्वीकार गरेको छ।
We’re aware that some people are currently having trouble accessing the Facebook family of apps. We’re working to resolve the issue as soon as possible.
— Meta (@Meta) March 13, 2019