चैत्र २६, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई कडा आलोचना गरे । उनले विश्व स्वास्थ्य संगठन चीन केन्द्रित भएको र कोरोना महामारीका बेला खराब सल्लाह दिएको आरोप लगाएका छन् । डब्लूएचओले भने यसबारे कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । जनवरी ३१ म डब्लूएचओले देशहरुलाई कोरोना महामारीका बावजुद सीमा खुला राख्न सल्लाह दिएको थियो ।
तर डब्लूएचओले कुनै पनि देशलाई आफ्ना नागरिकको सुरक्षाका लागि कदम चाल्ने अधिकार भएको पनि जनाएको थियो । ट्रम्पले भने सोही दिन चीनबाट अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका थिए । ट्रम्पले सोधेका छन् की ‘डब्लूएचओले वास्तवमै उडायो, केही कारणवश अमेरिकाले ठूलो लगानी गरे पनि चीन केन्द्रित भयो । सौभाग्यवश मैले सीमा खुला राख्नुपर्छ भन्ने उनीहरुको सल्लाह अस्वीकार गरेँ, किन उनीहरुले हामीलाई यस्तो गलत सिफारिस गरे ?’