भारतमा कोरोना संक्रमणदर बढ्दै, एकै रातमा ३० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २८, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र २८, काठमाण्डौ । विश्व महामारी कोरोना भाइरस कोभिड १९ को संक्रमण भारतमा पनि तीव्र बन्दै गएको छ । बिहीबार राति मात्रै त्यहाँ यो यसबाट ३० जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुने बिरामीको संख्या १ सय ९९ पुगेको छ ।

 

यस्तै बिहीबार राति नै ५ सय ४७ जना नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसमेत गरे भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ हजार ४ सय १२ पुगेको छ । साथै ५ सय संक्रमित भने उपचारपछि निको पनि भएका छन् । भारतमा कोरोनाको संक्रमण सबैभन्दा बढी महाराष्ट्र, तमिलनाडु र दिल्लीमा देखिएको छ । कोरोनाका कारण भारतमा सबैभन्दा बढी महाराष्ट्रमा मात्रै ९७ जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस