बैशाख २,काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा मे ३ अर्थात बैशाख २१ गतेसम्म देशभर लकडाउन रहने घोषणा गरेका छन । यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ ।
उनले आज मुलुकलाई सम्बोधन गर्दै सो जानकारी गराएका हुन । उनले देशमा लकडाउन सफल पार्न नागरिकले गरेको योगदानको प्रशंसा गरेका छन । उनले लकडाउनको पालना कडा रुपले लागु गर्न समेत निर्देशन दिएका छन ।
अन्य देशको तुलनामा भारतमा कोरोना महामारी रोकथाम गर्न केही हदसम्म सफल भएको बताएका छन । सरकारले छिट्टै एक निर्देशिका जारी गर्ने समेत उनले बताएका छन ।