माघ २५, काठमाडौ । भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लाको जोशीमठमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ठूलो बाढी आएको छ । बाढीले नदी आसपासका कैयौं घर बगाएको छ । नदीमा बाढी आएपछि आसपासका गाउँबाट स्थानीयलाई सुरक्षित स्थानमा लैजान सुरु गरिएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार ऋषिगंगा पावर प्रोजेक्टमा काम गर्ने १५० जना मजदुर बेपत्ता भएका छन् । नदीका कैयौं तटबन्ध भत्किएको बताइएको छ। बाढीका कारण ऋषिगंगा परियोजनामा पनि क्षति पुग्ने आशंका गरिएको छ ।उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ गएका छन् ।
चमोली जिले में तपोवन स्थित बांध फटा,प्रदेश में अलर्ट जारी। pic.twitter.com/gk6XbNcC1p
— SDRF Uttarakhand Police (@uksdrf) February 7, 2021