फागुण ४, काठमाण्डौ । म्यान्मारको सेनाले सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा सहभागी भएकाले सशस्त्र बलमाथि अवरोध गरेमा २० वर्ष सम्मको जेल सजाय गर्ने चेतावनी दिएको छ । म्यानमारमा लगातार इन्टरनेट सेवा अवरुद्ध पारिएको छ ।
सेनाले बोलेर, लेखेर वा सांकेतिकसहित जुनसुकै रूपमा आफूहरूप्रति घृणा बढाउने काम गरेको पाए लामो जेल सजाय सहित जरिवाना गर्ने जनाएको छ । सञ्चारकर्मीहरूलाई सेनाको कदमलाई ‘कू’ का रूपमा व्याख्या नगर्न समेत आग्रह गरिएको छ ।