के हो ट्रान्सफर प्राइसिङ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ १९, शुक्रबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ १९, काठमाण्डौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको आर्थिक वर्ष आव २०८०र८१ को बजेटमा ट्रान्सफर प्राइसिङको माध्यमबाट कराधार क्षयीकरण, मुनाफाको स्थानान्तरण तथा आयको खण्डीकरणबाट हुन सक्ने कर छली नियन्त्रण गरिने उल्लेख गरेपछि यसबारे चासो बढेको छ ।

नेपालमा त्यति धेरै नसुनिएको ट्रान्सफर प्राइसिङ बजेटमा आएपछि चासो बढेको हो । एउटै मालिक वा साझा नियन्त्रणमा चल्ने व्यवसाय वा सहायक कम्पनी वा सम्बद्ध कम्पनीहरूले एकआपसमा वस्तु वा सेवा किनबेच गर्दा तिर्ने मूल्यलाई ट्रान्सफर प्राइस भनिन्छ ।

यस्तो कारोबारमा कम्पनीले आफ्नै कुनै एकाइ, सहायक वा सम्बद्ध कम्पनीको नाफालाई नियोजित रूपमा घाटामा गएको देखाएर उसको कर दायित्व कम गर्न वा एउटा कम्पनीको नाफालाई अर्को एकाइ, सहायक कम्पनीमा सार्न सक्छन् ।

करको दर धेरै भएको देशमा कम्पनीले आर्जन गरेको नाफालाई करको दर न्यून भएको देशतिर सार्न पनि टान्सफर प्राइसिङकोउपायले सहयोग गर्छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस