देशभर गर्मी बढ्दै, आज ४२.२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २५, बिहिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाडौँ । अझै केही दिन देशभरको तापक्रम उच्च रहनेछ । काठमाडौंसहित देशभर गर्मी हुनेछ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ ।

काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको तराई भू–भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।

“आगामी केही दिनसम्मको देशभरिको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस