नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २५, बिहिबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाडौँ । विगत केही दिन देखि देशका अधिकांश भू(भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । देशको तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ । आगामी केही दिन तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने महाशाखाले बताएको छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस