महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १, शुक्रबार (२ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौँ । नेपाल प्रहरीका एसएसपी योगबहादुर पाललाई गृहमन्त्रालयले निलम्बन गरेको छ । प्रहरी प्रधानकार्यालयको सिफारिसमा उनलाई मन्त्रालयले निलम्बन गरेको हो ।

प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुव्र्यवहारको आरोप लागेका एसएसपी पाललाई गृह मन्त्रालयले आज निलम्बन गरेको मन्त्रालयका एक सहसचिवले जानकारी दिए । प्रहरी प्रधानकार्यालयका प्रवक्ता डिआइजी कुवेर कडायतले निलम्बनका लागि सिफरिस गएको तर निलम्बन भएको पत्र आइनसकेको बताए ।

नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा गत १९ जेठमा उनले सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका थिए । बिदामा जान लागेकी कर्मचारीलाई निवासमा बोलाएर ‘तिमी मलाई मन पर्‍यो आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दुव्र्यवहार गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस