रौतहटमा करेन्ट लागेर २ जना युवकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २, शनिबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असार २, रौतहट । रौतहटको बौधीमाई नगर क्षेत्रमा करेन्ट लागेर गए राति २ जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधिमाई ५ को पवा गाउँका वर्ष २५ का अरुण साह र वर्ष २६ को सिताबी पण्डित रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

शुक्रबार राति साढे ८ बजे घरको आँगनमा रहेको ट्युबवेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा अचानक अरुण साहलाई विद्युत् प्रवाह भएर करेन्ट लागेको थियो। करेन्ट लागेका साहलाई सँगै रहेका पण्डितले बचाउन खोज्दा उनलाई पनि करेन्ट लागेर दुवै जना अचेत भएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस